हैटीमा भूकम्प, कम्तीमा १० जनाको मृत्यु

हैटी– हैटीमा शनिबार राति गएको ५‍९ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । 

स्थानीय समयअनुसार राति ८ बजेर १० मिनेट जाँदा भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्भेका अनुसार पोर्ट–डी–पाइक्स सहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटरको गहिराइमा उक्त भूकम्पको केन्द्रबिन्दु रहेको थियो । 

भूकम्पबाट घरहरु, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ । भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ । भूकम्पबाट धक्का राजधानी पोर्ट–ओ–प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो । 

हैटीमा यसअघि सन् २०१० मा गएको ७ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी करिब तीन लाख मानिसको मृत्यु भएको थियो । 

यसैबीच, जापानको नागानोमा आइतबार ५।१ म्याग्निच्युडको भूकम्प गएको जापानको भूकम्प मापन केन्द्रले जनाएको छ । स्थानीय समय अनुसार उक्त भूकम्प आइतबार बिहान १० बजेर १४ मिनेटमा गएको थियो । भूकम्पबाट धनजनको कुनै ठूलो क्षति नभएको स्थानीय अधिकारीले बताएका छन् । 





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार १७:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया