टर्कीको आरोप– साउदी दूतावासभित्रै पत्रकार मारिए !

एजेन्सी– टर्कीको सत्तारुढ पार्टीका एक वरिष्ठ नेताले साउदी अरबमा हराइरहेका पत्रकार जमाल खाशोज्जीको हत्या इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको दाबी गरेका छन् । उनले टर्कीमा बनेको छानबिन समितिले यो तथ्य पत्ता लगाइसकेको पनि बताएका छन् ।

शनिबार पनि टर्कीका दुई अधिकारीले शाशोज्जीको हत्या दूतावासमा गरिएको र उनको शव त्यहाँबाट हटाइएको प्रमाण भेटिएको दाबी गरेका थिए ।

जमाल खाशोज्जी गत मंगलबार आफ्नो सम्बन्धविच्छेदका कागजात लिन दूतावास गएका थिए । त्यसपछि उनी कतै देखिएका छैनन् । 

टर्कीको प्रहरीले पनि खाशोज्जीलाई दूतावासमै हत्या गरिएको बताएको छ । तर, उसले यसको प्रमाण बाहिर ल्याएको छैन ।

अर्कोतिर साउदी अरबले यी सबै आरोपको खण्डन गरेको छ ।

खाशोज्जी साउदी अरबका स्थापित पत्रकार हुन् । उनी आजभोलि अमेरिकामा रहेर द वासिङ्टन पोष्टका लागि काम गर्थे । उनी साउदी अरबको राजपरिवार तथा युवराज मोहम्मद बिन सलमानका प्रखर आलोचक थिए ।



जमाल खाशोज्जीको हत्या प्रकरणले अब टर्की र साउदी अरबबीच तनाव बढ्ने अनुमान गरिएको छ । टर्कीले लगाएको आरोपलाई गम्भीर भएको भन्दै साउदी अरबले टर्कीसँगको सम्बन्धमा पुनर्विचार गर्न सक्ने अनुमान गरिएका छन् ।



  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार ०:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया