इन्टरपोल प्रमुख मेङले राजिनामा दिए

एजेन्सी– अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होइवेइले पदबाट राजिनामा दिएका छन् । फ्रान्समा रहेको इन्टरपोल मुख्यालयले आइतबार मेङले राजिनामा दिएको बताएको हो । 

मेङले तत्काल लागु हुने गरि आफ्नो राजिनामा पठाएको इन्टरपोलले जनाएको छ । 

आइतबार नै मेङ आफ्नो नियन्त्रणमा रहेको चीनले जनाएको थियो । २५ सेप्टेम्बरदेखि हराएका मेङ कहाँ छन् भन्ने यसअघि कुनै जानकारी प्राप्त भएको थिएन तर फ्रान्सले चीनमा उनलाई गिरफ्तार गरिएको आशङ्का गरिएको थियो ।

केही दिनयता उनी चीन भ्रमणमा जाँदा हराएको भन्ने समाचार आएका थिए । चीनले होङ्गवेईसँग केही विषयमा सोधपुछ गर्नुपर्ने, उनले चिनियाँ कानुन उल्लंघन गरेको भन्दै आफूले गिरफ्तार गरेको जनाएको थियो । 

मेङ फ्रान्सको लियोन सहरमा बस्थे जहाँ इन्टरपोलको मुख्यालय छ । २९ जुलाई उनी इन्टरपोलको मुख्यालयबाट बाहिर निस्किएपछि कहाँ गए भन्ने खुलेको थिएन । 

उनकी पत्नी ग्रेस मेङ्गले आफ्ना पतिको ज्यान खतरामा रहेको हुनसक्ने आशंका सहित खोजी गरिदिन फ्रान्समा अनुरोध गरेपछि उनको खोजी कार्य सुरु भएको थियो ।



चीनले होङ्गवेईलाई पक्राउ गरेको स्वीकार गरेको भए पनि उनीमाथि के आरोप लागेका छन् भन्ने चाहिँ बताएको छैन । सन् २०१६ मा इन्टरपोलका प्रमुख भएका होङ्गवेई यसअघि चीनको सुरक्षा विभागका उपमन्त्री थिए । इन्टरपोल प्रमुख हुने उनी पहिलो चिनियाँ नागरिकसमेत हुन् ।

हङकङबाट निस्कने पत्रिका द साउथ चाइना मर्निङ पोस्टले पनि मेङलाई चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीले ‘प्रश्नहरु सोध्न लगेको’ जनाएको थियो । त्यसपछि मेङ चीनमा रहेको निश्चितता गरिएको थियो । 



मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुन् ।

  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार ०:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया