नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक अाज

नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक अाज बस्दै छ ।  आइतबार बस्ने भनिएपनि साेमबारका लागि  बैठक स्थगित गरिएकाे थियाे । 

नेकपामा पछिल्लो समय देखिएको विवादका विषयमा बैठक केन्द्रित हुने बताइएको थियो ।  बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने बताइएकाे छ। 

प्रदेश तहका इन्चार्ज आफू देशबाहिर हुँदा तोकिएको भन्दै पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल  पार्टी सचिवालयले गरेको निर्णयदेखि रुष्ट छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन अमेरिका गएका वेला उनले पार्टीका स्थायी समिति सदस्यको भेला गरेका थिए ।

प्रधानमन्त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगन गरिएकाे  थियाे । 

शीर्ष नेताहरूको व्यस्तता र विदेश भ्रमणका कारण सचिवालयको बैठक ५ असोज यता बस्न सकेको थिएन । 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार ९:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया