एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा अाइतबार लियोनमाथि गोलवर्षा गरेको छ । पिएसजीले लियोनलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीले घरेलु मैदानमा लियोनमाथि जित निकाल्दा केलियन एम्बाप्पेले ४ गोल गरे । पिएसजीका लागि नेयमारले एक गोल गरे । खेलको पहिलो हाफमा १ गोल गरेको पिएसजीले थप दोस्रो हाफमा ४ गोल गरेको हो । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
एम्बाप्पेले १३ मिनेटभित्र ४ गोल गर्न सफल भए । एम्बाप्पेले खेलको ६१आैं मिनेटमा गोल गर्दै पिएसजीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि उनले अर्को गोल गरे । ६९औं मिनेटमा ह्याट्रिक पूरा गरेका एम्बाप्पेले ७४आंै मिनेटमा थप एक गोल गर्दै पिएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।