निर्मला हत्याकाण्डः थप २ प्रहरी निलम्बित

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा थप दुईजना प्रहरी निलम्बनमा परेका छन् । 

प्रहरी प्रधान कार्यालयले घटनास्थलबाट प्रमाण नष्ट गर्ने महिला प्रहरी चाँदनी साउद र प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको हो । महिला प्रहरी चाँदनी साउदले घटनास्थलमा रहेको निर्मलाको सुरुवाल खोलेर पानीमा पखालेकी थिइन् । घटनास्थलमा भएको प्रमाण संरक्षण गर्नुपर्ने ठाउँमा प्रहरी नै प्रमाण नष्ट गर्न अग्रसर रहेको आरोप प्रहरीलाई लागेको छ । 

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीको सिफारिसका आधारमा उनीहरूलाई निलम्बन गरिएको जानकारी दिए । 

निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, सीआइबीका डीएसपी अंगुर जिसी लगायत ६ प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् ।





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १०:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया