आगलागीबाट छ लाखको क्षति

उर्लाबारी– मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । 

राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, चार मन चामल, चार मन तोरीसहितका खाद्यान्न जलेर नष्ट भएको घरधनी राईले बताए ।

स्थानीयवासीले आगो नियन्त्रणमा लिइसकेपछि दमक र इटहरीको दमकल आइपुगेको थियो । आगलागीबाट एउटा बाच्छी मरेको तथा एउटा गाई र एउटा खसी घाइते भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला), वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितका जनप्रतिनिधिले आज बिहानै आगलागीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिएका थिए । 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार ११:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया