कलङ्की-नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

काठमाडौँ- सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की-नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । 

प्राधिकरणले एक सूचनामार्फत स्युचाटार सवस्टेशनबाट प्रवाहित हुने विद्युत् कटौती गर्न लागेको हो । प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् कटौती गर्न लागिएको जनाएको छ । कलङ्की-नागढुङ्गा सडकखण्डको ढुङ्गाअड्डादेखि तीनथाना बस विसौनीसम्म प्रसारण लाइन सार्नुपर्ने भएकाले स्युचाटार सब स्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुङ्गलगायतका स्थानमा विद्युत् कटौती हुने भएको हो । 

तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालन गर्न सकिनेसमेत प्राधिकरणले जनाएको छ । सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिलो समयमा २४ घण्टा नै सो क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १२:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया