पशुबलि रोक्न ‘देशव्यापी अभियान’

काठमाडौँ- दसैंका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न मुलुकभर अभियान सुरु गरिएको छ । 

नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा परिषद्, अहिंसाप्रेमी शाहाकारी समाजलगायत २८ वटा सामाजिक सङ्घसंस्थाका पहलमा शक्तिपीठ तथा कोतघरमा दसैंका बेलामा हुने बलि रोक्न माग गर्दै अभियान सुरु गरिएको नवजीवन परोपकार सामाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए । 

अभियानअन्तर्गत ती सङ्घसंस्थाले एक सातादेखि विभिन्न शक्तिपीठ व्यवस्थापन समिति, त्यहाँका पुजारी, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा ज्ञापत्रनपत्र बुझाइएको छ ।

हिन्दू मात्र होइन विश्वका सबै धर्मग्रन्थले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि प्रेरित गरिरहेको जानमकारी दिँदै उनले भने, ‘बलिप्रथा रोकेर समाजलाई हिंसामुक्त बनाउनुपर्छ ।’ ज्ञापनपत्रमा सजीव प्राणी सबैलाई बाँच्ने अधिकार भएकाले धर्मका नाममा निरीह, प्राणीमाथि खुँडा, खुकुरी, तरबारजस्ता हतियार चलाउनु कायरता भएको उल्लेख छ । 

दसैंलाई साधनाको पर्व, असत्यमाथि सत्यको विजय, पारस्परिक सद्भाव र सम्मानको पर्वको रूपमा विकास गर्दै लैजानुपर्ने भएकाले पशुबलिको कलङ्कलाई हटाउनुपर्नेमा नायक निखिल उप्रेती बताउँछन् । उनले भने, ‘एक्काइसौँ शताब्दीमा आएर पनि ढुङ्गालाई राक्षस र देउताका नाममा छुट्याएर चेतना भएका व्यक्ति पनि हिंसा गर्नमा उत्साहित भएकाले धर्मको नाममा हुने हिंसाजन्य विकृति रोक्नु सबैको कर्तव्य हो ।’ 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १२:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया