दक्षिण कोरियाको राजधानी सउलमा ‘दसैं विशेष’ तयारी

परिवारबाट छुट्टिएर कोरिया पुगेका नेपाली मिलेर दक्षिण कोरियाको राजधानी सोउलमा दसैं विशेष कार्यक्रम आयोजना गरिने भएको छ । 

रोजगार, शिक्षा र व्यवसायका लागि कोरिया पुगेका नेपालीलाई परिवारको वातावरण दिलाउन कार्यक्रमको आयोजनाको तयारी गरिएको हो । कार्यक्रमको आयोजना सनातन साहित्य संगीत साधना समूह (पाँच स, दक्षिण कोरिया) ले मिलाएको छ । 

कार्यक्रममा नवदुर्गा पूजा, टीका जमरा, दसैं विशेष शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम–२०७५ आयोजना गरिने आयोजकले जनाएको हो । 

कार्यक्रमका अवसरमा विधिवत वैदिक मन्त्रोच्चारणपूर्वक घटस्थापनाको दिन जमरा राखी पञ्चमी तिथिका दिन नवदुर्गा भगतीको सामूहिक रूपमा विशेष पूजा तथा ग्रहशान्ति गरिने जनाइएको छ । 

कार्यक्रममा सामूहिक रूपमा नवदुर्गामा महाकाली, महालक्ष्मी महासरास्वतीको पूजा आराधना पनि गर्ने कार्यक्रम छ ।

१४ अक्टोबर पञ्चमीको दिन बिहान ९ बजेदेखि लुम्बिनी रेस्टुरेन्ट दोङदेमुनमा चण्डीपाठ गर्ने कार्यक्रम छ । यस्तै, अक्टोबर २१ मा बिहान १० बजेदेखि दसैं विशेष कार्यक्रम हुनेछ । आयोजकले कोरियामा रहेका र यो दसैंमा घर जान नपाएका सबैलाई कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ । 
 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १२:३८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया