घटस्थापनाको बिदा कटौती गरेकोमा राप्रपा सांसदद्वारा सरकारको भर्त्सना

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ३ की सांसद रीता माझीले नेपालीको महान् चाड वडादसैँको ‘घटस्थापना’को बिदा कटौती गरेकोमा संघीय सरकारको भत्र्सना गरेकी छिन् । उनले सो दिनलाई राष्ट्रिय बिदा दिन जोडदार माग पनि गरेकी छिन् । 

प्रदेश संसद्मा बोल्दै माझीले दसैँको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै उक्त मूल्यवृद्धि तत्काल घटाउन पनि माग गरेकी छिन् ।

गत असोज ३ गते संविधान दिवस मनाइरहँदा २ नं. प्रदेशमा ‘मधेस एसियाकै नयाँ देश बन्दै छ’ भनेर खुलेआम चर्चा हुँदा पनि संघीय र प्रदेश सरकार मुकदर्शक भएर मौन बसेकोमा माझीले सरकारको आलोचना गरिन् । 

माझीले मुलुकमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली गर्नेतर्फ संघीय सरकार र प्रदेश सरकारको ध्यान केन्द्रित होस् भन्ने कामनासमेत गरेकी छिन् । 
 





  • प्रकाशित मिति : असोज २२, २०७५ साेमबार १५:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया