ऋतिक रोशनद्वारा विकास बहललाई कारबाहीको माग

बलिउड अभिनेता ऋतिक रोशनले आगामी चलचित्र ‘सुपर थर्टी’ का निर्देशक विकास बहललाई लागेको यौन शोषणको आरोपलाई अनुसन्धान गर्न जोड दिएका छन् । 

बिहारमा सुपर थर्टी क्लास चलाउने आनन्द कुमारको जीवनमा आधारित भएर विकास बहलको निर्देशनमा बन्न लागेको फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा रहेका छन् । 

यो चलचित्रको सुटिंग भइरहेपनि ऋतिकको यस्तो अभिव्यक्तिले फिल्मको काममा असर पुगेको बताइएको छ । 

ऋतिकले गम्भिर अपराधका आरोपी जो कोहीसँग पनि आफू काम गर्न नसक्ने बताउँदै ट्विट गरेका छन् । उनले उक्त घटना सत्य भए आरोपीलाई कारबाही समेत हुन पर्ने ट्वीटरमा उल्लेख गरेका छन् । 

यो मुद्धा बाहिर आएपछि अमेजन प्राइम टिभीको एक सिरिजले विकास बहलसँग काम गर्न अस्वीकार गरेको छ । 

विकासलाई बलिउड अभिनेत्री कंगना रनावत र अर्की एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 




 



  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार ९:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया