टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालकाे लगातार चाैंथाे जित

काठमाडौं– टी–ट्वान्टी विश्वकप एसिया छनोटमा समूह ‘बी’ को आज भएकाे खेलमा नेपालले भुटानमाथि जित हासिल गरेकाे छ ।

लगातार चौथो जित हात पार्ने क्रममा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो । 

टस जितेर फिल्डिङ रोजेको भुटानसामु नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो । १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन मात्रै जोड्न सक्यो ।  

नेपालका बलर सन्दीप लामिछानेले ४ ओभर वलिङ गर्दै २ मेडन सहित ६ रन मात्रै दिएर ३ विकेट हात पारे । यस्तै, ललित राजवंशीले ४ ओभरमा मेडन ओभर सहित ४ रन दिए र ३ विकेट लिए । बसन्त रेग्मीले ४ ओभरमा ७ रन दिए र २ विकट लिए र दिपेन्द्र सिंह ऐरिले १३ रन दिएर १ विकेट लिए । यस्तै सरद भेष्वाकरले ४ बल बलिङ गर्दा एक विकेट लिए ।

भुटानका तेन्जिङ वाङचुकले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् ।  

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । नेपालका लागि प्रदिप ऐरिले सर्वाधिक ७५ रनमा नटआउट रहे । ओपनर ब्याट्समेनका रुपमा मैदान छिरेका उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्काको सहयोगमा महत्वपुर्ण पारि खेलेका थिए । उनी म्यान अफ द म्याच घोषित भए ।



तर अर्का ओपनर विनोद भण्डारी भने डग आउट भएका थिए । १ सय ५० रन जोड्ने क्रममा नेपाका अनिल कुमार साहले २७ तथा दिपेन्द्र सिंह ऐरिले १५, अरिफ शेखले १३ र करण केसीले ११ रनमा नटआउट रहे । 

खेल मलेसियाको युकेएम क्रिकेट ओभलमा भएकाे थियाे ।  



नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजित गरेको थियो । 

प्रतियोगितामा चार खेल खेलेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै चारवटै खेल जितेर ८ अंक नै जोडेको सिंगापुर दोस्रो स्थानमा छ । 

यो समूहबाट शीर्ष ३ राष्ट्र टी–ट्वान्टी विश्वकपको एसिया छनोटको फाइनल चरणमा पुग्नेछन् र २ राष्ट्र विश्वकपमा छनोट हुनेछन् । 

  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १०:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया