अाज १४४ औँ विश्व हुलाक दिवस

काठमाडाैं– आज विश्व हुलाक दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ । नेपालमा पनि हुलाक दिवस मनाइदैछ । हुलाक सेवा विभागले समावेशी र सम्मुन्नत अर्थतन्त्रका लागि सुदृढ हुलाक सेवा भन्ने नारा सहित हुलाक दिवस मनाउँदैछ ।

नेपालमा वि.स १९३५ मा हुलाक सेवा विभाग स्थापना भएको थियो । सन् १८७४ मा विश्व हुलाक संगठन स्थापना भएको दिनको सम्झानामा हुलाक दिवस मनाउने गरिन्छ । १४४ औँ हुलाक दिवसमा विश्व हुलाक संघले द पोष्ट डेलिभरिगं गुड्स वल्र्ड वाईड भन्ने नारा दिएको छ । नेपालले सन् १९५६ मा विश्व हुलाक संघको सदस्यता लिएको थियो ।

अहिले विश्वभर कतिपय देशमा हुलाक लोप भइसकेको छ भने कतिपय देशमा हुलाकलाई आधुनिक बनाइएको छ । हुलाक सेवालाई आधुनिक र प्रविधियुक्त बनाउन गत वर्ष सरकारले ५६ वर्ष पुरानो हुलाक ऐन २०१९ लाई विस्थापित गर्दै हुलाक ऐन २०७४ ल्याउने तयारी गरेको थियो । नयाँ हुलाक ऐनको मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा पठाइएको थियो । तर, उक्त मस्यौदा अझै कानुन मन्त्रालयमै अड्किरहेको छ ।

प्रस्तावित नयाँ ऐनले सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको हुलाकलाई प्राधिकरणमा रूपान्तरण गर्ने व्यवस्था गरेको छ । गत वर्ष नै हुलाक विभागले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म काम हुन सकेको छैन ।





  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार ११:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया