कलाकार स‌ंघका अध्यक्ष बोगटीको निधन

काठमाडौं– चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको रूख काट्ने क्रममा मंगलबार बिहान निधन भएको छ । बोगटीको घर टीकाथलीनजिकै रूख काट्ने क्रममा रूखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । 

गम्भीर घाइते भएका बोगटीको बीएन्डबी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिएकी छिन् । बोगटी दुई वर्षअघि चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका थिए । 





  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १५:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया