महासंघले मनायो गौचनको स्मृति दिवस

नेपाल निर्माण व्यवसायी महासंघले महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदकुमार गौचनको प्रथम स्मृति दिवस मनाएको छ ।

गौचनको एक वर्षअघि बानेश्वरमा गोली हानी हत्या भएको थियो ।

महासंघको सचिवालयमा मंगलबार आयोजित स्मृति दिवसमा समारोहमा सहभागी महासंघका पदाधिकारी, व्यवसायीलगायतले स्व. गौचनको शालिकमा माल्यार्पण गरे । 

सोही अवसरमा महासंघका अध्यक्ष रवि सिंहले स्व. गौचनप्रति श्रदाञ्जली अर्पण गर्दै सरकारले हत्यामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका छन् ।

नेपालमा रहेका बढीभन्दा बढी निर्माण व्यवसायीलाई काम गर्ने मैत्रीपूर्ण वातावरण बनाउने अठोट लिएका स्व. गौचनको सपना नवनिर्वाचित कार्यसमितिले पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 

२३ असोज ०७४ मा काठमाडौंको शान्तिनगरस्थित घरबाट निस्केका महासंघका तत्कालीन अध्यक्ष गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका २ युवाले बानेश्वरको खरिबोटनजिक गाडीभित्रै गोली हानेका थिए ।



गोली लागी गम्भीर घाइते बनेका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो । 
 



  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १८:५०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया