सरकारी सुपथ मूल्य पसलभन्दा सस्तो भाटभटेनी ! (मूल्यसूचीसहित)

दसैँ, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ ।

ठूला चाडबाडको समयमा सबैले सहजै उपभोग्य सामान पाऊन्, निम्न आय भएका मानिसले पनि चाडबाड मनाउन सकून् भनेर सरकारले यस्ता पसल सञ्चालन गर्ने गरेको हो ।

तर, सरकारले सञ्चालन गरेका सुपथ मूल्य पसल नै सामान्य बजारभन्दा महँगा देखिएका छन् ।

प्रायः नेपालीको धारणा छ, सुपरमार्केट सामान्य पसलभन्दा महँगा हुन्छन् । राजधानीको यस्तै एउटा सुपरमार्केट हो, भाटभटेनी ।

स्तरीय र महँगो मूल्यका लागि चर्चित भाटभटेनी यतिखेर दैनिक उपभोग्य सामानमा सरकारी सुपथ मूल्य पसलभन्दा सस्तो छ ।

सरकारले गरिबका लागि भनेर सञ्चालन गरेको सुपथ मूल्य पसलभन्दा सस्तोमा निजी कम्पनी भाटभटेनीले दैनिक उपभोग्य सामग्री बेचिरहेको छ । 



भाटभटेनी र सरकार दुवैले दसैँ, तिहार तथा छठसम्मका लागि सुपथ मूल्यमा उपभोक्तालाई सामान बेच्ने योजना बनाएका छन् ।

भाटभटेनीले विभिन्न ४७ वटा उपभोग्य वस्तुमा सहुलियत दिएको छ । यसरी भाटभटेनीले सहुलितय दिएका वस्तुको मूल्य सरकारी पसलमा भन्दा सस्तो छ ।



हेर्नुहोस् भाटभटेनीको सहुलियत दरको मूल्यसूची :


सरकारी अनुदानमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको साल्ट टे«डिङका सूचना अधिकारी कुमार राजभण्डारी भने ट्रेडिङले नेपाली उत्पादनलाई प्राथमिकता दिएकाले महँगो भएको बताउँछन् ।

उता, भाटभटेनीले पनि नेपाली उत्पादनलाई नै प्रथमिकता दिएको बताउँछन्, भाटभटेनीका व्यापार अधिकृत पानु पौडेल । 
 

  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १९:३६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया