ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ– काठमाडौँ सीतापाइला चोकमा बा २ ज २५६९ नम्बरको ट्याक्सीले गए राति बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोक रोशी गाउँपालिकाका २३ वर्षीय नीरज लामाको मृत्यु भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दुर्घटनामा गम्भीर घाइते लामाको उपचारका क्रममा गए राति २ बजे मनमोहन अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि रहेका काभ्रेकै २३ वर्षीय प्रकाश तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार ११:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया