काठमाडाैं– पुनरावेदन अदालत पोखराका सहन्यायधिवक्ता सुरेन्द्र बहादुर थापालाई ५ लाख रुपैयाँ घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।
ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस माग गरिरहेको थापालाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको आयोगले बताएको छ । थापाको विषयमा अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यस्तै आयोगको टोलीले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई समेत पक्राउ गरेको छ । पौडेल र शर्माले जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस लिएको आयोगले बताएकाो छ ।
आयोगको टोलीले पौडेल र शर्मालाई मंगलबार पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।