हेलीको ट्रम्प प्रशासनबाट बाहिरिने घोषणालाई किन महत्वका साथ हेर्दै छ विश्व ?

केही समययता अमेरिकी अधिकारीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट भटाभट बाहिरिइरहेका छन् । पछिल्लोपटक ट्रम्प प्रशासनबाट बाहिरिने घोषणा गरेकी छिन्, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले । 

मंगलबार उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतकाे पदबाट राजीनामाकाे घोषणा गर्दै यस वर्षको अन्त्यसम्म पद छाड्ने बताइन् । रिपब्लिकन नेत्री हेली यसअघि साउथ क्यारोलिना राज्यको गभर्नर भइसकेकी छिन् । 

हेली ट्रम्प प्रशासनभित्रका थोरै मात्र हाई प्रोफाइल महिलामध्ये एक हुन् । उनले ट्रम्पको एन्टी–ग्लोबलाइजेसन फैसलाबाट संयुक्त राष्ट्रसंघलाई बचाउने हरसम्भव प्रयास गरेकी थिइन् । 

राष्ट्रपति कार्यालयमा बसेको बैठकमा ट्रम्प र हेली दुवैले यसलाई एक सुखद् अन्त्यका रुपमा देखाउने कोसिस गरे । राष्ट्रपति ट्रम्पले हेलीको प्रशंसा गर्दै उनी आफ्नो भूमिकामा निकै ‘ग्ल्यामर’ लिएर आएको बताए । 

हेली संयुक्त राष्ट्रसंघमा रुस र सिरियाको कट्टर आलोचक थिइन् । संयुक्त राष्ट्रसंघको इजरायलविरोधी सोचको पनि उनी आलोचना गर्थिन् । 

उनले संयुक्त राष्ट्रसंघको प्यालेस्टाइनी शरणर्थी एजेन्सीका लागि अमेरिकी सहयोग बन्द गर्ने कुराको समर्थन गरेकी थिइन् । 



विश्वव्यापी आलोचनाका बाबजुद ट्रम्प प्रशासनले गरेको तेल अभिवबाट दूतावास सारेर जेरुसेलम लैजाने फैसलाको पनि उनले बचाउ गरेकी थिइन् । 

उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउन चीनमाथि दबाब बनाउनमा हेलीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यसबखत उनको कूटनीति निकै सफल रह्यो ।



यद्यपि, उनको काम गर्ने तरिका कहिलेकाहीँ उनका सहकर्मीहरुलाई मन पर्दैनथ्यो । जुन–जुन देशले अमेरिकाको समर्थन गरेनन्, ती देशहरुको सूची बनाउनेदेखि लिएर चेतावनी दिने उनको आक्रामक रबैयादेखि कतिपय नजिकका सहयोगी पनि हैरान थिए । 

तैपनि, यदाकदा भनिन्छ कि संयुक्त राष्ट्रसंघको शान्ति मिसन अमेरिकाको खिलाफ अघि बढिरहेको छ, र यसमा हेलीको महत्वपूर्ण भूकिका छ । 

हेली रिपब्लिकन पार्टीकी एक प्रभावशाली नेत्री हुन् । उनलाई अमेरिकाको भाबी राष्ट्रपतिका रुपमा पनि हेर्ने गरिन्छ । त्यसैले पनि उनको ट्रम्प प्रशासनबाट बाहिरिने घोषणालाई विश्वले निकै महत्वका साथ हेरेको छ । 

तथापि, उनले २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई चुनौती दिन अस्वीकार गरिसकेकी छिन् । 

  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १८:३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया