बंगलादेशमा पूर्वमन्त्रीसहित १९ जनामाथि मृत्युदण्डको फैसला

बंगलादेशको एक अदालतले पूर्वमन्त्री र राज्यमन्त्रीसहित १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

सन् २००४ मा राजधानी ढाकामा एउटा राजनीतिक र्यालीमाथि भएको भयानक ग्रिनेड आक्रमणमा संलग्न भएको ठहर गर्दै अदालतले उनीहरूउपर मृत्युदण्डको फैसला गरेको हो । 

मृत्युदण्डको सजाय पाउनेमा एक पूर्वमन्त्री र एक पूर्वराज्यमन्त्री छन्, जो त्यतिवेला सत्तामा थिए । उनीहरू दुवै खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । 

खालिदाका छोरा तथा पार्टीका वर्तमान कार्यवाहक प्रमुख तेरिक रहमानलाई भने आजीवन कारावासको फैसला भएको छ ।

ग्रिनेड आक्रमणमा परी २४ अवामी लिगको र्यालीमा संलग्न जनाले ज्यान गुमाएका थिए । यस पार्टीकी नेत्री शेख हसिना अहिले प्रधानमन्त्री छिन् । 

हजारौँ समर्थकमाझ सेख हसिनाले भाषण दिइरहेका वेला भएको आक्रमणमा सयभन्दा बढी घाइते भएका थिए । 



बंगलादेश नेसनलिस्ट पार्टीले भने यो मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको र पार्टीका नेताहरूको छवि बिगार्ने उद्देश्यले फैसला आएको बताएको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेकी पार्टी नेत्री खालिदा जिया वर्तमान प्रधानमन्त्री शेख हसिनाको दशकौँदेखिको राजनीतिक प्रतिद्वन्द्वी हुन् । गत फेब्रुअरीमा उनीमाथि भ्रष्टाचारको मुद्दामा पाँच वर्ष कैदको फैसला भएको थियो । 
 



  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार १८:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया