दशैंका लागि भेडा–च्याङ्ग्रा निर्यात

दार्चुला– दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । 

जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६० भेडा, तथा स्कालिम जातका ४७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले बताए । विगतमा तिब्बतबाट भेडा–च्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उनको भनाइ थियो । 

यस वर्ष तिब्बतेली भेडा–च्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडाअध्यक्ष अशोकसिंह बोहराले बताए ।

विगतमा सयौँ भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उनले भने । ‘यस वर्ष हालसम्म आएको छैन ।’ व्यापारीले जिल्लाबाट रु ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले बताए । 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार ८:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया