महानगरले १ वर्षमा २६५ आयोजना सम्पन्न गर्यो

काठमाडाैं– काठमाडौं महानगरपालिकाले एक वर्षमा २६५ वटा आयोजना सम्पन्न गरेको बताएको छ । महानगरले एक बर्षमा ६० करोड रुपैयाँ बराबरका २१७ वटा र ७ करोड रुपैयाँ बराबरका ४८ वटा नयाँ योजना सम्पन्न गरेको जानकारी दिएको छ । एक वर्षमा महानगरले २५.५ किलोमिटर सडक कालोपत्रे गरेको छ भने ९८ हजार ८३४ वर्गमिटर सडक टालेर मर्मत गरेको छ ।

महानगरका केही कामको आलोचना भएपनि महानगरले राम्रै काम गरेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । शाक्यले धरहरा पुननिर्माणका लागि महानगरले पैसा नदिएको समेत बताए । 

२०४७ सालबाट शुरु भएको मेलम्ची खानेपानी वितरण प्रणालीले महानगरवासीले धुलो धुवाँको समस्या खेप्नु पर्दा महामनगरलाई नै दोष लगाइएकोमा शाक्यले भने ‘यसमा महानगरको केही दोष छैन ।’





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १२:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया