काठमाडाै– दशैं, तिहार र छठका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । नेपाल प्रहरीका प्रवक्त शैलेश थापा क्षत्रिका अनुसार चाडपर्वका लागि प्रहरीले थप ३१ हजार प्रहरी परिचालन गर्ने छ । चाडवाडका लागि भन्दै २७ सय ट्राफिक प्रहरी पनि सडकमा खटाईने प्रहरीले जानकारी दिएको छ ।
यस बाहेक प्रहरीले जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरि एकिकृत विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । यो सुरक्षा योजनामा नियमित भन्दा धेरैजसो मोबाईल गस्ति गरिने छ । मोबाईल गस्ति र सामान्य ड्युटीको लागि पनि थप प्रहरी खटाईएको छ ।
यस बाहेक प्रहरीले क्विक रेस्पोन्सट टिमलाई पनि थप चुस्त बनाएको छ । भने चाडवाडको समयमा सुरक्षा व्यवस्थालाई थप मजबुत गराउन प्रहरीले सरप्राईज चेकिंग पनि गर्ने छ ।
दशैं, तिहार र छठको लागि प्रहरीले सुरक्षा व्यस्था कडा बनाएकोले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।