संस्थानले बेच्ने खसिबोका र भेडा च्याग्रांको मुल्यमा १० रुपैयाँ छुट

काठमाडाै‌ं–नेपाल खाद्य संस्थानले दशैँ तिहारका लागि खसि, बोका, च्याग्रा र भेडा ल्याएको छ । संस्थानले चाडपर्वलाई लक्षित गर्दै मुस्तांगबाट भेडा च्याग्रा ल्याएको हो । संस्थानले १ हजार खसिबोका, १ हजार भेडा च्याग्रां ल्याएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए ।

दशैँ तिहारलाई लक्षित गरेर ल्याईएका सबै खसि, बोका र च्याग्रा काठमाडौं भने पुगेका छैनन । संस्थानले खरिद गरेका मध्ये आधा मात्रै काठमाडौं पुगेका छन् ।

संस्थानले खसिबोकाको प्रति किलो मुल्य ५ सय १० र भेडा च्यांग्राको मुल्य प्रतिकिलो ७ सय १० रुपैयाँ तोकेको छ । यसमा पनि दश रुपैयाँ भने उपभोक्तलाई छुट दिइने छ ।





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १२:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया