कलंकी-नागढुंगा क्षेत्रमा आज दिनभर बत्ती जाने

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारमा सहयोग गर्ने लक्ष्यसाथ आज पनि कलंकी–नागढुंगा सडकखण्डमा दिनभर नै बत्ती काट्ने भएको छ । 

प्राधिकरणले आज एक सूचनामार्फत सो क्षेत्रमा बिहान १० देखि साँझ १७ बजेसम्म विद्युत् कटौती हुने बताएको हो । प्राधिकरणका अनुसार ढुंगेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जनाएको छ । स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिनेछ । 

प्राधिकरणका अनुसार तीनथाना, नैकाप, सतुंगललगायत क्षेत्र प्रभावित हुनेछन् । सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा २४ घण्टा नै सडक विस्तारका काम भइरहेकाले प्राधिकरणले विद्युत् प्रवाह कटौती गरेको हो । 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १२:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया