#MeToo अभियान
नेपालमा पनि #MeToo अभियान

काठमाडौं – नेपाली महिला सेलेब्रिटी तथा पत्रकारहरुले पनि आफूमाथि भएको यौन दुव्र्यवहारबारे बोल्न थालेका छन् । यसका लागि अहिले विश्वमा चर्चामा रहेका मिटु ह्यासट्यागलाई प्रयोग गरेर उनीहरुले सामाजिक सन्जालमा लेख्न थालेका छन् ।

नेपालमा यो अभियान सामाजिक सन्जाल ट्विटरमा लेखेर सुरु गरेकी छिन्, पत्रकार मीना कैनीले । उनले ट्विटरमा आफूमाथि भएका विभिन्न दुव्र्यवहारबारे लेखेकी छिन् । उनले आफूमाथि दुव्र्यवहार गर्ने पत्रकारको नाम त लेखेकी छैनन् तर ती पत्रकारले उनलाई कारमा किस गर्न खोजेको कुरा उल्लेख गरेकी छिन् ।

त्यस्तै, फिल्म निर्माता तथा पत्रकार सुबिना श्रेष्ठ पनि ट्विटरमा मीटु अभियानमा सामेल भएकी छिन् । उनले आफूमाथि उच्च तहको सरकारी कर्मचारीले दुव्र्यवहार गरेको ट्विट गरेकी छिन् ।

सबिनाले ट्विटरमा लेखेकी छिन्, ‘नगरकोटको एक कार्यक्रममा म सञ्चालक थिएँ । एक युवा मन्त्रीले मेरो तिघ्रामा हात राख्न खोजे । जसलाई यौन दुव्र्यवहार भनिन्छ । त्यहाँ धेरै वरिष्ठ सहकर्मी थिए । तर तिनीहरुले केही बोलेनन् ।’

पछिल्लो केही समय भारतमा मीटु अभियानले निकै विवाद जन्माएको छ । भारतमा अभिनेत्री तनु श्रीले नाना पाटेकरले आफूमाथि यौन दुव्यवहार गरेको ट्विटरमा लेखेपछि नयाँ तरङ्ग सुरु भएको थियो । त्यसयता त्यहाँ राज्यमन्त्री एमजे अकबर, आलोकनाथ, चेतन भगतलगायतका व्यक्तिविरुद्ध पनि विभिन्न महिलाहरुले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।



मीटु अभियान सन् २००६ तारना बुर्केले सुरु गरेकी थिइन् । माइस्पेस नामको सामाजिक सञ्जालमा यो ह्यासट्याग प्रयोग गरेर उनले लेखेकी थिइन् । सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले यो सुरु गरेपछि हलिउडमा ठूलो इस्यु बनेको थियो ।

 



 

  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १४:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया