वैदेशिक लगानीकर्ता जलविद्युतभन्दा सेवा क्षेत्रमा आकर्षित

काठमाडौं– पछिल्लो समय नेपालमा विदेशी लगानीको ओइरो लाग्न थालेको छ । तथ्यांकमा हेर्ने हो भने पनि विगत आठ वर्षमा नेपालमा ८२ गुणले विदेशी लगानी बढेको छ । विदेशीका लागि नेपालको जलविद्युत्, कृषि, उत्पादन, सेवा आदि आकर्षक क्षेत्र हुन् । नेपालको जलविद्युतमा विदेशीको आँखा लागेको धेरैको बुझाइ छ । तर, तथ्यांक भने वैदेशिक लागनी जलविद्युतमा भन्दा सेवा क्षेत्रमा धेरै भित्रिएको देखाउँछ । 

पछिल्लो आठ वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा नेपाल ९ करोड ७० लाखबराबरको प्रत्यक्ष वैदेशिक लगानी आएको थियो । 

त्यसको आठ वर्षपछि आव २०७५÷७६ मा ८२ गुणा बढी अर्थात् ८ अर्ब २ करोड वैदेशिक लगानी भित्रिएको छ । नेपालमा विगत आठ वर्षमा मात्रै ३० अर्ब २१ करोड ९६ लाख प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

विश्व बैंकले वैदेशिक लगानीको स्थितिको मूल्यांकन गर्न प्रत्येक वर्ष डोइङ बिजनेस रिपोर्ट निकाल्छ । उक्त रिपोर्टमा विश्वका देशहरुको विभिन्न तङ्खवलाई आधार मानेर त्यो देशमा लगानीको अवस्थाको मूल्यांकन गर्छ । 

सन् २०१८ मा डोइङ बिजनेसमा नेपाल १०५औं स्थानमा छ । अघिल्लो वर्ष नेपाल १०७औं स्थानमा थियो । नेपालमा लागानीको वातावरण बन्दै जाँदा लगानी भित्रिने क्रम पनि बढ्दै गएको छ ।

 



केमा आयो वैदेशिक लगानी ?

अहिले जलविद्युतमा विदेशी लगानी भिœयाउने चर्चा छ । तर, नेपालको जलविद्युतभन्दा सेवा क्षेत्रमा लगानी गर्न उनीहरू इच्छुक रहेको तथ्यांकले देखाएको छ । 



सामान्य तथा नेपालमा विदेशी लगानीलाई स्वागत नै गरिन्छ । नेपाल सरकारले कुनै पनि क्षेत्रमा आएको वैदेशिक लगानीलाई अस्वीकार पनि गर्दैन । 

पछिल्लो समय ठूला जलविद्युत् आयोजनामा वैदेशिक लगानी बढेको बताइन्छ । तर, विगत आठ वर्षको तथ्यांकलाई हेर्दा नेपालको जलविद्युतमा भन्दा सेवा क्षेत्रमा यस्तो लगानी बढेको देखिन्छ । 

आठ वर्षमा भित्रिएको ३० अर्बमध्ये १० अर्ब नेपालको सेवा क्षेत्रमा भित्रिएको छ । जलविद्युतमा ९ अर्ब ९८ करोड रुपैयाँ लगानी भित्रिएको देखिएको छ । 

उत्पादन क्षेत्रमा पनि उनीहरू लगानी बढाइरहेका छन् । सेवा क्षेत्र र जलविद्युतपछि ५ अर्ब ८६ करोड रुपैयाँ उत्पादन क्षेत्रमा भित्रिएको छ । त्यस्तै, होटल तथा रेस्टुरेन्टमा २ अर्ब ३२ करोड लगानी भित्रिएको छ । धेरै लगानी भित्रिनेमा नेपालको कृषि क्षेत्र पनि पर्छ । यही आठ वर्षमा नेपालको कृषि क्षेत्रमा १ अर्ब २६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । 
 

  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १५:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया