विखण्डनकारी समूहमाथि नेपाली सेनाकाे सुक्ष्म निगरानी

काठमाडौं– नेपाली सेनाले विखण्डनकारी समूहको सुक्ष्म अध्ययन गरिरहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन् । दसैँको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पंधानसेनापितले भोलि कस्तो परिस्थिति निर्माण हुनसक्छ भन्ने बारेमा सेना चनाखो रहेको बताए ।

बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’

यस्ता विषयको ‘समाधानका लागि अन्य विकल्पहरू पनि राज्यसँग हुने बताउँदै थापाले राजनीतिक तहबाटै यसको समाधान हुनुपर्ने बताए । संविधानले दिएको भूमिकामा सेना जिम्मेवार रहेको उनको भनाइ छ । 

पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलाएको स‌केत गर्दै थापाले केही पक्षमा सुधार आवश्यक रहेको बताए । सेनाभित्र भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र रहेको, तर सेनाको प्रयासले मात्रै त्यसको निराकरण सम्भव नरहेको उनले बताए । 

सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यहीअनुसार सेनालाई उभ्याउने बताए ।





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १६:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया