१० दिनमा १४ प्रतिशतले बढ्यो तरकारी र फलफूलको भाउ

चाडपर्व नजिकिँदै जाँदा महँगी पनि बढेको छ । दसैँको मुखमा फलफूल तथा तरकारीको मूल्य पनि अकासिएको हो । असोज १५ देखि असोज २५ गतेसम्मको कालिमाटी तरकारी बजारको मूल्य सूची हेर्दा फलफूल तथा तरकारीको मूल्य १४ प्रतिशतले बढेको देखिएको छ ।

असोज १५ गते ६५ रुपैयाँ रहेको सानो गोलभेडा १० दिनमा २० रुपैयाँ बढेको छ । यस्तै, रातो आलु पनि १० दिनमा १० रुपैयाँ बढेको छ । हरियो खुर्सानी र हरियो धनियामा १० दिनमा प्रतिकेजी ४०–४० रुपैयाँ बढेको छ । हरियो फर्सी पनि १० रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ । 

तरकारी मात्रै होइन, फलफूलको मूल्य पनि उस्तै अकासिएको छ । ११५ रुपैयाँ प्रतिकेजीका दरले पाइने स्याउ १० दिनमा १० रुपैयाँ बढेर १ सय २५ पुगेको छ । यस्तै, अनार पनि १० दिनमा १ सय ६५ बाट २ सय ३५ रुपैयाँ पुगेको छ । यस्तै, काँक्रोको मूल्य भने १० दिनमा १० रुपैयाँले नै घटेको छ । 

सबै चिजको मूल्य बढेको मात्रै छैन, केही तरकारीको मूल्य भने घटेको छ । असोज १५ गते १ सय ५ रुपैयाँ रहेको स्थानीय काउलीको मूल्य अहिले ९५ रुपैयाँ पुगेको छ । घिउसिमी पनि १० रुपैयाँ घटेर प्रतिकेजी ७५ रुपैयाँ पुगेको छ । 


 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १७:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया