यौन दुर्व्यवहारबारे बोले अमिताभ र आमिर

फिल्म अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले ओसिवरा पुलिस चौकीमा किटानी जाहेरीका साथै उनले बयान पनि दिएकी छिन् ।
 
उता, नाना पाटेकरले भने मिडियासामु तनुश्रीको आरोपको केही खण्डन गरेका छैनन् । उनले आफ्नो सफाइमा पनि केही बोलेका छैनन् ।
 
‘मी टु’ अभियानबाट अहिलेसम्म थुप्रै नामी फिल्मकर्मी बाहिर आएका छन् । तर, तनुश्री र नाना पाटेकर मामलामा बोल्न अहिले पनि बलिउडका सेलेब्रिटी आनाकानी गरिरहेका छन् । 

अभिनेता अमिताभ बच्चनलाई पनि यस मामलाको राय मागिएको थियो । तर, पहिले उनले बोल्न इन्कार गरेका थिए । यद्यपि, केही दिनअघि उनले आफ्नो ब्लगमा कार्यस्थलमा महिला दुव्र्यवहारको विषयमा आफ्नो मत राखेका थिए । 

ब्लगमा उनले लेखेका छन्, ‘कुनै पनि ठाउँमा कुनै पनि महिलालाई दुव्र्यवहार हुनुहुँदैन । खासगरी, त्यो ठाउँमा जहाँ उनीहरू काम गर्छन् । यदि कुनै महिलामाथि कार्यस्थलमा यस्तो केही हुन्छ भने घटनालाई तुरुन्तै बाहिर ल्याउनुपर्छ । र उक्त व्यक्तिलाई उचित कारबाही गर्नुपर्छ । कारबाही सार्वजनिक र कानुनी दुवै हुन सक्छ ।

अमिताभ लेख्छन्, ‘सुरुवाती अवस्थामा नै यस्ता कुरा सम्झाउनुपर्छ । हाम्रो समाजमा सबैभन्दा पहिला बच्चा महिला र कमजोर वर्गलाई नै हिंसाको सिकार बनाइन्छ । त्यसैले उनीहरूलाई थप सुरक्षा दिइनुपर्छ । यदि हामी महिलालाई सम्मान र सुरक्षा दिन सक्दैनौँ भने त्यो यस्तो कमजोरी हुन जान्छ, जसको हामी कसैगरी पनि पूर्ति गर्न सक्दैनौँ ।

अमिताभसँगै आमिर खानले पनि महिलाहिंसा र दुव्र्यवहारप्रति आफ्नो धारणा राखेका छन् । आमिर खान र र उनकी श्रीमती किरण रावले साझा बयानमा भनेका छन् ‘हामी कुनै पनि किसिमको सेक्सुअल ह्यार्यासमेन्ट र गलत व्यवहारको समर्थन गर्दैनौँ । यसका साथै यस्ता किसिमका घटनामा लाग्ने गलत आरोपको पनि खण्डन गर्छौं ।

उनले भनिन्, ‘हामीलाई लाग्छ, फिल्म इन्डस्ट्रीको लागि यो एक मौका हो । हामी यस्ता घटना बदल्न सक्छौँ । महिला हिंसा र अत्याचार रोकिनुपर्छ । हामीलाई लाग्छ, यसरी विराध गरेर नै हामी काम गर्नका लागि इन्डस्ट्रीलाई सुरक्षित स्थान बनाउन सक्छौँ ।




 



  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १८:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया