बुटवल– रुपन्देहीमा १६ वर्षीया किशोरीमाथि साहूहिक बलात्कार भएको छ । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनको जंगलमा लगेर उनको सामूहिक बलात्कार गरिएको हो ।
बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनीमा गएको बेला चिनेकै युवाहरूले जंगलमा लगेर किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । दैनिक ज्यालादारी मजदुरी गर्ने किशोरीलाई चिनजानकै युवाले बलात्कार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा देवदह नगरपालिका–१० बस्ने वर्ष ३५ का उदय थापा र बुटवल–७ बस्ने २६ वर्षीय कृष्ण थापालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
किशोरीलाई बुटवल मण्डपमा चलेको मेलाबाट घुम्न भन्दै एक युवाले मोटरसाइकलमा जंगल लगेका थिए । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । ती किशोरीले काठको काम गर्ने बुझिएको छ । मोटरसाइकलमा बसालेर जंगल पु¥याएका युवा भने फरार छन् ।
जंगल पु¥याएपछि कृष्ण र उदयसहितका युवाहरू रहेको र उनीहरूले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
किशोरीले चिनेकै साथीहरूबाट त्यस्तो व्यवहार होला भन्ने अपेक्षा नगरेकाले घुम्न गएको प्रहरीले जनाएको छ । बेलुका सवा ७ बजेतिर बलात्कृत भएपछि किशोरीले वडा प्रहरी कार्यालय रामनगर आएर प्रहरीसमक्ष गुहार मागेकी थिइन् । सो घटनामा अन्य मानिस पनि संलग्न रहेको हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।