भारतमा चर्किदै ‘मिटु’ बहस

काठमाडौं–महिलाहरुले आफूमाथि भएको यौन दुव्र्यवहार विरुद्ध आवाज उठाउनका लागि सुरु गरेको मिटु अभियानले यतिबेला भारतमा चरम रुप लिएको छ । सामाजिक सञ्जालमा महिलाहरुले आफूमाथि भएका सबैखाले दुव्र्यवहारलाई सार्वजनिक गर्ने क्रम बढिरहेको छ । यस अभियानमा चलचित्र र सञ्चार क्षेत्रका व्यक्तिहरु धेरै जोडिएका छन् । 

केही ठूला व्यक्तिहरुले आफूमाथि लगाएको आरोपलाई स्वीकार्दै माफी समेत मागेका छन्, भने कोही मौन नै छन् । मिटु अभियान सुरु भएपछि भारतमा अर्को बहस पनि सुरु भएको छ । जसमा कस्तो व्यवहारलाई मिटु अभियान मान्ने, कस्तोलाई नमान्ने भनेर पक्ष विपक्षमा मतहरु सार्वजनिक भईरहेका छन् । 

केही महिला पत्रकारले मिटुको महत्व बताउँदै यसलाई अझ बलियो बनाएका पनि छन् । यी महिलाहरुले सबै विषयलाई मिटुसँग जोडेर यौन उत्पीडन नमानिने बताएका छन् । 

ब्याडमिन्टन खेलाडी गुट्टा ज्वालाले ट्वीटरमा मंगलबार आफ्नो साथ मानसिक शोषण भएको मिटू ह्यासट्याग शेयर गरिन् । ज्वालाले २००६ मा चिफ बनेका उक्त व्यक्तिले एक नेशनल च्याम्पियन भएपछि आफूलाई खेलबाट निष्काशन गरेको ट्वीटरमा उल्लेख गरेकी छिन् । खेलबाट निष्काशन भएपछि मानसिक रुपमा आफू विक्षिप्त भएर खेल जीवनबाट सन्यास लिएको बताएकी छन् । यो उनको यौन तथा शारिरीक शोषण भन्दा मानसिक र करिअरमाथिको प्रहार रहेको छ । 

ज्वालाले यसलाई मिटु अभियानअन्र्तगत राखेपछि केहीले यो विषय मिटुमा नपर्ने बताएका छन् । मिटु केवल शारिरीक दुव्र्यवहारको लागि मात्र भएको केही भारतीयहरुको भनाई छ । यसमा कुन विषयलाई मिटु मान्ने कुन विषयलाई नमान्ने भनेर बहस भएको छ । 

मिटुको विषयलाई लिएर पत्रकार, चलचित्रकर्मीहरुले आ–आफ्नो विचार सार्वजनिक गर्दै आइरहेका छन् ।



‘द सिटीजन’ वेभसाइटका सम्पादक सीमा मुस्तफाले महिलाको स्वीकारोक्तिमा भएका कुनै पनि मामिलालाई दुव्र्यवहार नमानिने बताउँछिन् । तर महिलाले अस्वीकार गर्दागर्दैपनि कसैले जबरजस्ती गर्छ भने त्यो यौन दुव्र्यवहार भएको उनको भनाई छ । 

पत्रकार निधि राजदानले प्रत्येक व्यक्तिले यौन शोषण गर्छन भनेर सोच्नु गलत भएको बताउँछन् ।  उनी हरेक मामिला मिटुको केसमा हुन नसक्ने भन्छन् । ज्वालाको ट्वीटप्रति लक्षित गर्दै उनले भने ‘तपाईलाई कसैले महत्व दिँदैन भने त्यसलाई दुव्र्यवहार भन्न मिल्दैन । त्यो उसको अधिकारको विषय पनि हो । पछिल्ला केही दिनमा मानिसहरुको सम्बन्ध बिग्रन गएपछि मिटुलाई हतियार बनाएर प्रयोग गरेको पनि देखिएको छ । यसले गर्दा जो वास्तविक पिडित हुन उनीहरुको पिडालाई समेत विश्वास गर्न नसकिने आधारहरु तयार भएका छन् ।’ 



यस विषयमा बिजेपीका सांसद डाक्टर उदितराजले ट्वीट गर्दै यौन दुव्र्यवहारका विरुद्ध मिटु आवश्यक रहेको बताएका छन् । तर कोही व्यक्तिलाई १० वर्ष पछि आएर यौन शोषणको आरोप लगाउनुको अर्थ के हो ? उनी प्रश्न गर्छन् । यति लामो समयपछि यो विषय झुट हो की सत्य के हो कसरी पत्ता लगाउनु ? कसरी अनुसन्धान गर्नु ? कसैलाई लगाइएको आरोपले उसको करिअर र इज्जतमा कति ठूलो नोक्सान पुग्छ ? त्यसको क्षतीपुर्ती कसले तिर्न सक्छ ? यो सोच्नै पर्ने विषय बनेको छ । मिटुले गलत संस्कारको सुरुवात गरेको उनको भनाई छ । 

सामाजिक सञ्जालमा यस अभियानको अर्को पक्षलाई एन्टी मिटु भनिएको छ । कोही त्यसलाई मिटु मान्दैन भने त्यसलाई एन्टी मिटु मानेका छन्  । यसमा सञ्चार क्षेत्रका व्यक्तिहरुपनि सहभागी छन् । पत्रकारले ट्वीटरमा केही व्यक्तिप्रति आपत्ति समेत जनाएका छन् । 

निधि राजदानले केही पनि एन्टी मिटु नभएको बताएका छन् । यो कुनै लोकतान्त्रिक तरिका होइन् । जो कोहीले पनि आफ्नो विचार सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाउँछ । म मिटुको विरुद्धमा छैन तर निजी सम्बन्धलाई मिटुमा ल्याउन गलत भएको उनी बताउँछन् । तर एन्टी मिटु भन्नु गलत हो । 

सीमा मुस्तफाले मिटु र एन्टीमिटु जस्तो दुईवटा कुरामा विश्वास नगर्ने बताएकी छन् । एन्टी वा प्रो जे चाहन्छन व्यक्तिले भन्न पाउँछन् । यस्तो कुनै पनि परिभाषामा विश्वास राख्दिन उनी भन्छिन् । 

भारतमा सन् १९९७ मा सर्वोच्च अदालतले विशाखा गाइडलाइन्स जारी गर्यो । उक्त गाइडलाइन्सले कार्यक्षेत्रमा हुने यौन दुव्र्यवहारबाट महिलाको सुरक्षाका लागि ऐन बनाउनका लागि निर्देशन जारी गरेको थियो । 

सन् २०१३ मा संसदले विशाखा जजमेन्टको आधारमा कार्यालयमा महिलाको संरक्षण गर्न एक कानुन पारित गर्यो । 

महिला तथा बाल कल्याण मन्त्री मेनका गान्धीले सन् २०१५ मा कार्य क्षेत्रमा यौन उत्पीडनका कारण भएका घटनाहरु ५०० देखि ६०० सम्म दर्ता भएको बताएकी थिईन् । कार्यक्षेत्रमा इन्टरनल कम्प्लेन्ट कमिटी आइसीसी गठन गरेर महिलालाई सुरक्षित रुपमा काम गर्न सक्ने वातावरण बनाउन भारत सरकारले ऐन निर्माण गरेको छ । यसमा मिटु अभियानका कारण उक्त कमिटिमा कत्तिको प्रभाव पर्छ भन्ने पनि सवाल उठिरहेको छ । 

सीमा मुस्तफा भन्छिन् कतिपय मिडियामा इन्टरनल कम्प्लेन्स कमिटी समेत बनेको छैन । यो कमिटी भएका ठाउँमा कतिपय सक्रिय पनि छैनन् । निधि राजदानले सबै कार्यालयमा आइसीसी हुन अनिवार्य रहेको बताएका छन् ।

निधि भन्छन् ‘यो अभियानमा कुनै जिम्मेवारीका कुरा छैनन् । मात्र एक ट्वीटका आधारमा जोमाथि जसले पनि आरोप लगाउन सक्ने अवस्था सिर्जना भएको छ । तर महिलाहरु झुट बोलिरहेका छन् भन्न खोजिरहेको त होइन । धेरै महिलाहरु यस्तो गर्नपनि सक्दैनन् । तर एक दुई महिला यस्ता पनि हुन सक्छ जो यौन दुव्र्यवहार बाहेकको अवस्थामा पनि आरोप लगाउन सक्छन् ।’ 

भारतीय विश्लेषकहरु यस मामिलाका कारण कोही व्यक्तिको जागिर जान सक्छ जसलाई मिटुको सफलता भनेर मख्ख पर्ने अवस्था आउन सक्ने बताउछन् । के आधारमा एक ट्वीटको भरमा वास्तविकता पत्ता लगाउने यो ठूलो चुनौतिको रुपमा देखिएको छ । 

अर्का पत्रकार उदितराजले यस अभियानको माध्यमबाट जसरी यौन दुव्र्यवहार सार्वजनिक गरिएको छ, त्यसलाई अन्य कुनै माध्यमबाट गर्नुपर्ने बताउँछन् । यसलाई उनी व्यवहारिक मान्दैनन् । 

कोही व्यक्तिमाथि लागेको आरोपले १० मिनेटमै उसको छवि धमिलो बनाइदिन्छ तर ऊ निर्दोष सावित भयो भने उसको पक्षमा बोल्ने कोही पनि हुँदैन, यस्तो गम्भिर समस्याको जिम्मेवारी कसले लिने उदितराज तर्क गर्छन् । 

यसले देशमा झन भयको वातावरण सिर्जना गरेको छ । मानिसहरु महिलाको साथमा काम गर्नका लागि समेत डराइरहेका छन् । आफूमाथि भएको दुव्र्यवहारको विरुद्धमा बोल्नका लागि एउटा समयसिमा तोकिनुपर्छ । 

दुध पिउने बच्चा होर एक दुई दशकसम्म बोल्न नसक्ने जस्ता आक्रोशका भावहरु समेत पोखिन थालेका छन् । 

निधि भन्छन् यो अत्यन्त दुर्भाग्यपूर्ण छ, हरेक विषयवस्तु सामाजिक सञ्जालमा ट्रायल गरिन्छ । 

उदितराजले भन्छन् ‘यस केसमा केवल आरोपमात्र लगाउँछन्, जेएनयू प्रोफेसरको हकमा पनि यहि भएको छ । पहिले आरोप लगाए र पछि उनी निर्दोष साबित भए तर कसैले उनी निर्दोष भएको विषयलाई महत्व दिएनन् जति उनलाई लगाइएको आरोपलाई महत्व दिए ।’ उनी आफू महिलाका विरुद्धमा नभएको बताउँदै लगाएका आरोपको प्रमाण हुनुपर्नेमा जोड दिन्छन् ।  
 

  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १२:१४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया