नेपाल र सिंगापुरबीच फाइनल भिडन्त आज

मलेसियामा जारी आइसिसी विश्वकप टी–२० एसिया छनोटमा ‘बी’को अन्तिम खेलमा आज नेपाल र सिंगापुर भिड्दै छन् । 

यसअघिका सबै खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छ । प्रतिद्वन्द्वी सिंगापुर पनि अहिलेसम्मका कुनै पनि खेल हारेको छैन । पाँचवटै खेल जितेका दुवै देशले समान १० अंक जोडेका छन् । 

नेट रनरेटका आधारमा अंकतालिकामा नेपाल सिंगापुरभन्दा अगाडि छ । नेपालले आप्mनो अपराजित यात्रा जारी राख्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । 

 

सबै खेलमा नेपालको उत्कृष्ट प्रदर्शन

जारी प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पहिलो खेलमा नेपालले म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८ विकेटले पराजित गरेको थियो । 



डकवर्थ लुइस म्याथडका आधारमा तेस्रो खेलमा थाइल्यान्डलाई एक सय ४० रनले पराजित गरेको नेपालले चौथो खेलमा भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो । 

यसअघिको चीनसँगको खेलमा पनि नेपालले ११ बलमा लक्ष्य भेट्टाउँदा नेपालले १० विकेटको जित निकालेको थियो । 



प्रतियोगितामा नेपालको बलिङ उत्कृष्ट देखिएको थियो । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाँच खेलमा २० विकेट लिएका छन् । 

नेपाल र सिंगापुर टी–२० क्रिकेटमा अहिलेसम्म दुईपटक आपनेसामने भएका छन् । दुवै खेल नेपालले जितेको थियो ।

  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार ११:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया