सन्दीपको किर्तिमान, २०.३ ओभर २४ विकेट

काठमाडौं– नेपाल आज मलेसियामा जारि आइसिसी टी–२० एसिया छनोट ‘बी’ खेलिरहेको छ । पाँच खेलमा सबैमा जित हात पारेको नेपालले आफ्नो अन्तिम खेल आज सिंगापुरसँग खेलिरहेको छ । 

पाँचै खेल जित्दा नेपाली ब्याटिङ भन्दा बलिङ विपक्षीको लागि भारी देखिएको थियो । तीन पटकसम्म प्लेअर अफ दी म्याच भएका सन्दीपले निकै उत्कृष्ट प्रदर्शन गर्दै किर्तिमान पनि कायम गरेका छन् । सन्दीप एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली खेलाडी बनेका हुन् । 

यसअघि बसन्त रेग्मी र विनोद दासको समान २१–२१ विकेटको रेकर्ड सन्दीपले तोडेका छन् ।

यसअघि, दासले सन् २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा २१ विकेट लिएका थिए । यस्तै सन् २०१२ को डिभिजन–४ मा रेग्मीले उक्त किर्तिमानी बराबर बनाएका थिए ।   

उमेर समूहमा पनि यो रेकर्ड सन्दीपको नाममानै रहेको छ । उनले गतवर्ष सिंगापुरमा भएको यु–१९ विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २४ विकेट लिदै किर्तिमान बनाएका थिए । 

यस्तो रह्यो उनको जारी प्रतियोगिता



लामिछानेले ६ खेलमा २४ विकेट हात पारेका छन् । जम्मा २०.३ ओभर हात पारेका सन्दीपले ५७ रन दिएर ४ मेडन सहित २४ रन लिएका हुन् । 

उनले म्यानमारसँगको पहिलो खेलमा २ ओभरमा ३ रन दिएर ४ विकेट लिएका थिए । यस्तै मलेसिया सँगको दोस्रो खेलमा पुरै चार ओभर वलिङ गरेका सन्दीपले २० रन दिएर ५ विकेट हात पारे । 



तेस्रो खेलमा ३ ओभर बलिङ गरेका सन्दीपले एक मेडन सहित ८ रन दिएर ५ विकेट लिए भने भुटानसँगको चौथे खेलमा ४ ओभरमा दुई मेडन ओभर सहित ६ रन दिएर ३  विकेट लिएँ । 

यस्तै पाँचौं खेल चीनसँग खेलेको नेपालले ४ ओभरमा मेडन ओभर सहित ३ विकेट लिएर ४ रन दिएका थिए । 

आजको अन्तिम खेलमा सन्दीपले पुरै चार ओभर वलिङ गरेर १६ रन दिए र ४ विकेट लिए । 

  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १५:३४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया