एसिया छनोट ‘बी’को च्याम्पियन नेपाल

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ ।

सिँगापुरलाई हराउँदै नेपालले उपाधि जितेको हो । 

नेपाल र सिंगापुरबीचको खेल वर्षाले प्रभावित भएको थियो । 

सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा १ विकेट गुमाएर १ रन बनाउँदा पानी पर्यो ।

वर्षाका कारण खेल हुन नसकेपछि रन रेटका आधारमा नेपालको विजय घोषणा गरियो ।

नेपाल र सिंगापुरको अंक समान भए पनि नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहेकाले नेपालले उपाधि पाएको हो ।





  • प्रकाशित मिति : असोज २६, २०७५ शुक्रबार १७:२९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया