आगलागीपीडितलाई छिमेकीकाे उपहार नयाँ घर

पर्वत– आगलागीबाट घरबारविहीन भएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर पाएका छन् । महाशिला गाउँपालिका–१ होस्राङ्दीका आगलागी पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका उनका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर र दक्षिण कोरियामा बस्दै आएकी दीपा रानाले गोठ निर्माण गरिदिएका हुन् । 

गत वैशाख १६ गते आगलागी हुँदा खरिलालको घर र गोठ जलेपछि उनी आफन्तको शरणमा बस्दै आएका थिए । गोठमा गाईबस्तुलाई खोले पकाउँदै गर्दा आगलागी भएपछि पशु चौपायसहित घरगोठ गुमाएका अधिकारीलाई गाउँले गुरुङले तीन लाख रुपैयाँ खर्च गरेर सो घर निर्माण गरिदिएका हुन् । सामाजिक सञ्जालमार्फत महाशिला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गरेका थिए । 

निम्न आर्थिक अवस्था भएका खरिलाल नयाँ घर निर्माण भएपछि अहिले प्रफुल्ल छन् । ‘यतिधेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइनँ,’ नयाँ घर हस्तान्तरण कार्यक्रममा उनले भने, ‘आज मैले नसोचेको वास पाएको छु ।’ उनलाई बिहीबार महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले सो घर हस्तान्तरण गरेका थिए । छिमेकीको शरणमा बस्दै आएका खरिलालको परिवार नयाँ बिहीबारदेखि नयाँ घरमा बस्न थालेका छन् ।

यसैगरी, होश्राङ्दी घर भई हाल कोरिया बस्दै आएकी दीपाले गोठ निर्माणका लागि एक लाख ३० हजार रुपैयाँ उपलब्ध गराइकी थिइन् भने स्थानीयवासी देवीप्रसाद सुवेदीले १० हजार खर्चेर विद्युत् जडानमा सहयोग गरेका थिए । 





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार ९:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया