किन लोप हुँदै छ पिङ संस्कृति ?

काठमाडाैं– नेपालीको महान् पर्व दसैँ–तिहारमा अनिवार्यजसो बनेको पिङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ । जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा तिजदेखि दसैँ–तिहारसम्म पिङ हालेर खेलिने चलन अहिले लोप हुँदै गएको हो । 

दसैँका वला बस्तीका टोलमा पिङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पीङप्रति चासो नै छैन । युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो । 

वर्षको एकपटक धर्ती छोड्नुपर्छ भन्ने मान्यताका कारणले पिङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पिङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पिङप्रति रुचि देखाउन छाडेका छन् । 

व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढुंगाका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर हुँदा दसैँ–तिहारमा खेलिने पिङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । 

सार्वजनिक स्थलमा भेटिने पिङ मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू बिस्तारै कमी हुँदा पिङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाका चिन्तित छन् । 

युवाहरू रोजगारीका लागि सहर तथा विदेश पलायन भएपछि पिङ खेल्ने संस्कृति नै हराउँदै गएको होइन, बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन । 





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १२:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया