असोज २९ गते श्रीपेच सार्वजनिक गरिने

काठमाडौं– लामो समय देखि सुरक्षाको कारण देखाउँदै सार्वजनिक नगरिएको श्रीपेच अब सार्वजनिक हुने भएको छ । आगामी असोज २९ गते सोमबार नारायणहिटी संग्रहालयमा प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा श्रीपेच सार्वजनिक गरिने भएको हो । 

राजतन्त्रको अन्त्यसँगै तत्कालीन राजा ज्ञानेन्द्रले नारायाणहिटी दरबार छाडेपछि त्यसलाई संग्राहलयमा रूपान्तरण गरिएको थियो । २०६५ फागुन १५ गतेदेखि संग्रहालय सर्वसाधारणका लागि खुला गरिए पनि श्रीपेच भने सार्वजनिक गरिएको थिएन । 

के बाट बनेको छ श्रीपेच ?

श्रीपेचको सबैभन्दा आकर्षण पछाडि झुन्डिएको कल्की (बर्ड अफ प्याराडाइज) नामको चराको पुच्छर हो । जुन चरा निकै दुर्लभ छ । यस्तै श्रीपेचमा ७ सय ५० वटा हीराका टुक्रा प्रयोग गरिएको छ । 

श्रीपेचमा हीराबाहेक मणिक, नवरत्न, सुन पनि मिसिएको छ । राणा प्रधानमन्त्रीदेखि राजासम्मले प्रयोग गरेको यो श्रीपेच ततकालीन् राजा ज्ञानेन्द्रले नारायहिटी छाड्ने वेला नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । 
 





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १४:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया