फेसबुक उपाध्यक्षको प्रस्टोक्ति – ह्याकरको पहुँचमा ३ करोड युजर

विश्वचर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । 

यसअघि फेसबुकले साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । फेसबुकका उपाध्यक्ष गाए रोसेनले भने, ‘अहिले हामीले के थाहा पाएका छौँ भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ ।’  

पहिचान अझै नखुलेका केही ह्याकरले करिब १ करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जनाए । 

उनका अनुसार अरु १ करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा छन् । 

साइबर आक्रमणकारीले प्रयोगकर्ताका लिंग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँजस्ता विवरण पनि संकलन गरेको फेसबुकले जनाएको छ । 

यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा भने असर नगरेको कम्पनीले जनाएको छ । 



क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई), अमेरिकी संघीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसनलगायत निकायसँग छलफल थालेको छ । 



  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १५:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया