कांग्रेस नेता बास्तोलाको अवस्था गम्भीर*

(सम्पादकीय नाेट: यसअघि कांग्रेस नेता प्रदीप पाैडेलले दिएकाे जानकारी अनुसार हामीले बनाएकाे समाचार गलत भन्ने बास्ताेला परिवारले जानकारी दिएकाे छ । यसअघि प्रकाशित समाचार असंवेदनशील भएकाेमा हामी गम्भीर रुपमा क्षमा चाहन्छाैँ । – सम्पादक ) 

काठमाडाैं– नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था निकै गम्भीर भएको छ ।

७४ वर्षीय बास्तोललाई शनिबार अस्पतालबाट खुमलटारस्थित निवास लगिएकाे थियाे । 

उनी मस्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा छन्। केही दिनअघि उनी सिकिस्त भएपछि अस्पताल लगिएकाे थियाे ।

२०६९ मा मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार भएको थियो ।

बास्तोला पूर्वपरराष्ट्रमन्त्री, भारतका लागि नेपाली पूर्वराजदूत तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । 





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १९:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया