पिपिएलको ‘एसोसिएट पार्टनर’ सुजुकी

सुजुकी मोटरसाइकल पोखरा प्रिमियर लिगको ‘एसोसिएट पार्टनर’ बनेको छ । 

शनिबार एक कार्यक्रमको आयोजना गरी आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले पार्टनरसिपसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । 

नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हुने दाबी गरेको पिपिएललाई सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले प्रायोजन गर्ने सम्झौता गरेको हो । 

सम्झौताअनुसार, भिजी अटोमोबाइल्सले पिपिएललाई तीन थान मोटरसाइकल उपलब्ध गराउनेछ, जुन प्रतियोगिताका तीन विधागततर्फका उत्कृष्ट खेलाडीले प्राप्त गर्नेछन् । 

प्रबन्ध निर्देशक लामाका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटरसाइकल हात पार्नेछन् । नेपाली क्रिकेट इतिहासमा विधागततर्फका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउन लागेको यो पहिलोपटक हो । 

आगामी ९ देखि २० कात्तिकसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा ६ टोली सहभागी हुँदै छन् ।





  • प्रकाशित मिति : असोज २७, २०७५ शनिबार १८:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया