रहेनन् हेमराज ज्ञवाली

काठमाडाैं– नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेसन्सका पूर्वअध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ। ७९ वर्षका ज्ञवालीकाे शनिबार साँझ निधन भएकाे हाे ।

ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचार क्रममा निधन भएको नेपाल रिपब्लिक मिडियाका सन्चारकर्मीहरुले जनाएका छन् ।   उनलाई 'माइल्ड अट्याक' भएको नागरिक न्यूजले जनाएको छ ।

सरकारी सेवाबाट अवकाशपछि उनले सञ्चार उद्यमीका रूपमा अलग पहिचान बनाएका थिए । उनी नेपाली समाज, साहित्य, संस्कृति र पूर्वीय दर्शनका गहन अध्येता पनि हुन्।

ज्ञवालीको विसं १९९५ चैत रामनवमीका दिन गुल्मीमा जन्म भएको थियाे। उनका श्रीमती र तीन छोरा छन् । 





  • प्रकाशित मिति : असोज २८, २०७५ आइतबार ०:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया