महिलाको अस्थिपञ्जर फेला

बैतडी– बैतडीमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ । 

मेलौली नगरपालिका–२ सूर्नयागाड नदीको प्यानी भन्ने ठाउँमा महिलाको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। 

माछा मार्ने क्रममा स्थानीय नारायण लुहारले महिलाको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाहिर रातो चोला लगाएको र मेक्सी लगाएको अस्थिपञ्जर फेला परेको जनाइएको छ । अस्थिपञ्जर कसको हो भन्ने थाहा हुन सकेको छैन । 

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । 





  • प्रकाशित मिति : असोज २८, २०७५ आइतबार ७:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया