शाकाहारीको दशैं: यसरी बनाउनुहाेस स्वादिलो मटर पनीर

दशैंमा विशेष गरेर नेपालीहरुको भान्सामा मासुका परिकारहरु धेरै पाक्ने गर्छन् । दशैं सुरु भएको दिनदेखि नै मासुका विभिन्न परिकारहरु बनाएर खाने प्रचलन छ । करीब करीब यो प्रक्रिया १० दिन भन्दा बढी रहन्छ । शाकाहारीहरु दशैंको समयमा के खाने के नखाने भनेर अलमलिइरहेको अवस्था पनि हुन्छ, भने घरमा आउने पाहुनालाई के बनाएर खुवाउने भनेर घरपरिवारका व्यक्तिहरुलाई पनि समस्या हुन्छ । दसैंमा शाकाहारीका लागि यी परिकार घरमै बनाउन सकिन्छ । 
 

मटर पनीर 
 

आवश्यक सामाग्री
उसिनेको मटर– आधा कप,पनीर–२०० ग्राम,बर्गर बन्स–४,हरियो खुर्सानी–२,मक्ख्खन –१ ठूलो चम्चा, प्याज–१, मरीचको धुलो–१ चम्चा, मह–१ चम्चा, हिंग– १देखि ४ चम्चा, धुलो खुर्सानी–१ चम्चा, पुदीनाको पत्ता, हरियो धनिया, मिचिएको आलु – २ वटा, ब्रेड क्रम्ब्स –१ देखि ४ कप, नुन स्वाद अनुसार 
 

मटर पनीर बनाउने विधि 

एउटा प्यानमा तेल तताउने । तताएको तेलमा काटेको प्याजलाई हाल्ने । त्यसपछि मरीचको धुलो र नुन राखेर प्याजलाई फ्राई गर्ने । अब प्याजलाई एउटा भाँडोमा निकाल्ने र हरीयो खुर्सानीलाई एकछिन फ्राई गर्ने । त्यसपछि हींग र धुलो खुर्सानी राख्नुहोस । त्यसलाई राम्रोसँग मिलाएर हरियो मटर राखी २ मिनेट फ्राई गर्नुपर्छ । अनि मटरको मिश्रणलाई छुट्टै भाँडोमा झिकेर राखेर चिसोबाट जोगाउनु पर्छ । मसिनो पारी काटेको पुदीना र हरियो धनियाँलाई मटरको मिश्रणसँग मिलाउनुपर्छ । 

अब आलुसँगै पनिर, ब्रड, क्रम्ब्स, मह राख्नुहोस र राम्रोसँग मिक्स गर्नुहोस । अब यस मिश्रणलाई हल्का फ्राई गर्नुहोस । त्यसपछि बर्गर बन्सलाई काट्ने र दुवै स्लाइसेजमा मयोनिज र टमाटर केचअप लगाउने । यति गरिसकेपछि टमाटरको स्लाइस राख्नुहोस । माथि फ्राई गरिएको प्याज, मटरलाई राख्ने । त्यसमाथि फ्राई गरिएको प्याजमा टोमेटो स्लाइस राख्ने र बर्गर बन राख्ने । त्यसपछि मटर पनीर बर्गर तयार हुन्छ । 
 





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार ९:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया