बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

धनुषा- महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन् । 

जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयको अनुगमनक लागि यहाँ आएका महान्यायाधिवक्ता खरेलले नयाँ संविधान जारी भएको ऐन-कानुनअनुसार अभियुक्तलाई कडा कारबाही गर्नका लागि सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्नका लागि प्रहरी उपरीक्षक गोविन्द थपलियालाई निर्देशन दिएका हुन् । 

महान्यायाधिवक्ता खरेलले धनुषाको औरही गाउँपालिका परवाहामा बलात्कारपश्चात् हत्या भएका १० वर्षीया बालिका मनिकाका पीडित परिवारलाई आइतबार भेट गरेका थिए । 

भेटका क्रममा उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्दै पक्राउ परेका अभियुक्तलाई कडा कारबाही हुने बताए । धनुषा प्रहरीले मनिका हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका औरही–५ का ३२ वर्षीय विनोद मुखिया बीन र सोही गाउँपालिका–३ बस्ने ३० वर्षीय नथुनी पण्डितलाई आइतबार सार्वजनिक गरेको छ । 

पक्राउ परेका दुवैले पत्रकार सम्मेलनमा आफूहरूले मनिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । गाउँकै छिमेकी रहेका दुवैलाई मनिकाले काका भनेर सम्बोधन गर्ने गरेकी थिइन् । 





  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार ९:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया