आफैँले दुर्व्यवहारको आरोप लगाएका चेतन भगतलाई इराले लेखेकी थिइन् : मिस यु एन्ड किस यु

एजेन्सी– लेखक तथा योगप्रशिक्षक इरा त्रिदेवीले लेखक चेतन भगतलाई यौन शोषणको आरोप लगाइन् । इराले एक लेखमा चेतनले आफूलाई कोठामा बोलाएर किस गर्न खोजेका थिए भन्ने उल्लेख गरेकी थिइन् । 

लेखक चेतन भगतले आफ्नो प्रतिवादका लागि इराले पठाएको एक इमेल सार्वजनिक गरिदिएका छन् । इमेल सार्वजनिक गर्दै चेतनले लेखेका छन्– अन्तिम वाक्यमा ध्यान दिनुस् । सार्वजनिक भएका इमेलको अन्तिम वाक्यमा मिस यु र किस यु लेखिएको थियो ।

चेतनले इराको इमेल सार्वजनिक गर्दै लेखे, ‘को कसलाई चुम्बन गर्न चाहन्थ्यो ? सन् २०१३ को इमेल, जुन उनले मलाई पठाएकी थिइन् । खासगरी अन्तिम वाक्य । यसबाट सजिलै थाहा हुन्छ उनको २०१० मा भएको कुरा गलत हो । यो उनलाई पनि थाहा छ । मेरो र मेरो परिवारलाई भएको मानसिक प्रताडना रोकिनुपर्छ । कृपया गतल आरोप लगाएर आन्दोलन गरी क्षति नपुर्याइदिनुहोला । –पीडित 

इराले स्पष्ट पारेकी छिन् कि उनले एक कार्यक्रमको एक प्रश्नमा उनले आफ्नो १०० किताब किन्नेलाई किस गर्छु र सबै किताब किन्नेसँग विवाह गर्छु भनेकी थिइन् । तर, उनले यो प्रतिबद्धता पालना गरिनन् । 

हल्का रूपमा भनिएको यो कुरालाई नै आधार मानेर चेतनले आफूलाई किस गर्ने हक भएको बुझेको पनि हुन सक्ने इराको दाबी छ । 

मिटु अभियानमा चेतन भगतमाथि यो भन्दा पहिले पनि आरोप लागेको थियो । अन्य आरोपमा पहिले त उनले माफी मागे, तर पछि महिलाहरूलाई ‘पोर्न राइटर’ भन्ने आरोप लगाएका थिए । 



चेतनले आरोपका कारण आफूलाई धेरै बेफाइदा भएको र आफूले नयाँ किताब द गर्ल इन रुम नं १०५ को प्रचार गर्न नपाएको बताएका छन् । 



  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार १५:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया