खसीको मासुको पक्कु कसरी बनाउने ?

नेपालीहरूको महान् पर्व बडादस नजिकिँदै छ । दसैँमा विशेष ग ीखसी–बोकाको मासुका परिकार खाने चलन छ । पाहुनालाई केही फरक परिकारले स्वागत गर्नको लागि खसीको मासुको पक्कु बनाउन सकिन्छ । खसीको पक्कु बनाएर केही दिनसम्म राखेर खान सकिन्छ । यसमा लसुन प्याज नराखिने हुँदा लामो समयसम्म बिग्रिँदैन ।

आवश्यक सामग्री 

खसीको ताजा मासु, बेसार, तोरीको तेल , गरम मसला, नुन, जिरा, धनियाँ पाउडर, ल्वाङ–सुकमेलको धुलो, रातो धुलो खुर्सानी, दालचिनी, तेजपत्ता

विधि

सबैभन्दा पहिले मासुमा नुन, तोरीको तेल, गरम मसला, बेसार, जिर धनियाँ पाउडर, खुर्सानीको धुलो राख्ने र राम्रोसँग मुछ्ने ।
अब त्यसलाई छोप्ने र कम्तीमा पाँच घन्टा यत्तिकै राख्ने । पाँच घन्टा पछि मासु निकाल्ने ।
एउटा भाँडोमा तोरीको तेल तताउने ।

तेल तातिसकेपछि त्यसमा तेज्पत्ता, सुकमेल, दालचिनी फुराउने । अब त्यसमा अघि मुछेको मासु पनि राख्ने र राम्रोसँग चलाउने ।
त्यसपछि त्यसलाई बिर्कोले छोपेर १५ मिनेटसम्म पकाउने । 



त्यसलाई चलाउने र फेरि १५ मिनेटसम्म पकाउने । अब त्यसलाई राम्रोसँग चलाउने र ल्वाङ–सुकमेलको धुलो राखिदिने ।
त्यसपछि त्यसलाई चलाउने र केहीछिन पाक्न दिने । अब पक्कु तयार हुन्छ ।



  • प्रकाशित मिति : असोज २९, २०७५ साेमबार १६:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया