कपाल किन झर्छ ?

आजभोली धेरैजसो मानिसहरु आफ्नो कपाल झर्ने समस्याबाट ग्रसित छन् । विभिन्न अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषको कपाल बढि मात्रामा झर्ने गरेको पाईन्छ । तर, समयसमयमा काटिरहने भएकाले पनि कपाल झरेको महसुस हुँदैन । महिलाहरुको कपाल नकाटिने भएकाले पनि पातलिने र झर्ने स्पष्ट रुपमा थाहा पाइने अध्ययनले जनाउँछ ।  
कपाल झर्नुको पछाडि सामान्य तथा जटिल कारणहरु हुने गरेका छन् । मानिसको रहनसहन, हहावापानी, खानपिन जस्ता कुराहरुले पनि यसलाई प्रभाव पार्ने गरेको देखिन्छ । अर्कोतिर विभिन्न शाररिक तथा मानसिक समस्याका कारण पनि कपाल झर्ने गर्छ । 
 

१. मानसिक तनाव

मानसिक तनाव धेरै भएमा कपाल झर्छ । कुनै पनि समस्यालाई धेरै सोच्दा तथा घटनालाई स्मरण गरिरहँदा कपाल अस्थाई रुपमा झर्ने गर्दछ । जीवनमा कुनै दुखद घटना घटेको समयमा मानिसले त्यसैको बारेमा मात्रै सोचिरहँदा पनि  उसको कपाल झर्ने अध्ययनले बताउँछ । यसरी कपाल झर्ने प्रक्रिया तनावमुक्त भएको तीनचार महिनासम्म रहने गरेको पाईन्छ ।
 

२. गर्भवती समय

गर्भवती भएको समयमा एकप्रकारको शाररिक बदलाव हुने भएकाले कपाल झर्ने गरेको पाईन्छ । शरिरमा विभिन्न हर्मोनहरुको विकास हुने हुँदा कपाल अस्थाई रुपमा झर्दछ । बच्चा आमाको गर्भमा रहेको भन्दा पनि बच्चा जन्मिएपछिको समयमा बढि कपाल झर्ने गरेको पाईन्छ । यसरी कपाल झर्नु सामान्य भएकाले यसलाई धेरै तनावको रुपमा लिनु पर्दैन । यो समस्या केही समयपछि आफैं कम हुँदै जान्छ । 

३. ज्यादा भिटामिन ‘ए’ भएमा



शरिरमा भिटामिन ‘ए’ को मात्रा बढि भएमा कपाल झर्छ । औषधि तथा अन्य भिटामिन ‘ए’ बढि भएका कुराहरु खाँदा कपाल बढि मात्रामा झर्ने गरेको अध्ययनले सार्वजनिक गरेको छ । सामान्य रुपमा ४ वर्ष माथिको मानिसलाई दैनिक ५००० आई.यु. (ईन्टरनेसनल युनिट) भिटामिन ‘ए’ चाहिन्छ । तर, औषधि र डाईटका खानेकुराहरुमा २५०० देखि १०००० आई.यु. सम्म भिटामिन ‘ए’ हुनाले कपाल झर्ने गर्दछ । 

४. कपालमा बढि प्रयोग



कपालमा विभिन्न केमिकल प्रयोग गरेर विभिन्न स्टाईल बनाउँदा पनि कपाल झर्ने समस्या हुने गर्दछ । कपाललाई स्टे«ट गर्ने, केमिकलको प्रयोग गर्ने लगायतका प्रयोग गर्दा कपालको जरामा हानी भई कपाल झर्ने समस्या हुने गरेको पाईन्छ । यस्ता प्रयोगहरुलाई कम गरेमा कपाल झर्न पनि कम हुने अध्ययनले जनाउँछ । 

५. वंशज

कसैकसैलाई आफ्नो वंशको जस्तै कपाल झर्ने समस्या हुन्छ । यो समस्या स्थाई रुपमा हुने गरेको अध्ययनले बताउँछ । पुर्खाको जस्तै कपाल पातलो हुने र पछि ६० को उमेर सम्ममा अधिकांश कपाल झर्ने गर्दछ । यसरी कपाल झर्नुको पछाडि शाररिक रुपमा रहेका हर्मोनहरुले भुमिका खेल्ने गरेका हुन्छन ।

६. उमेर

सामान्य रुपमा मानिसको उमेर ढल्किदै जाँदा कपाल झर्ने गर्छ । यसरी कपाल झर्नुलाई समस्या भन्दा पनि प्राकृतिक रुपमा लिनु पर्दछ । ढल्किदो उमेरसँगै कपाल झर्नुको पछाडि कुनै निश्चित कारण नहुने र यसको समाधान पनि नरहेको अध्ययनले बताउँछ । 

  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार १३:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया