मेस्सीले तीन साता फुटबल नखेल्ने

बार्सिलोना– अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सीको दाहिने हात भाँच्चिएको छ । सो चोटका कारण उनले तीन हप्ता फुटबल नखेल्ने भएका छन् । 

बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सी क्याम्प नाउमा सेभियाविरुद्धको खेलमा मैदानमा लडेका थिए । खेलको २६औँ मिनेटमा उनी खेल छाड्न बाध्य भए । स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको पाइएको थियो । 

तीन साता आराम गर्नुपर्ने भएका कारण उनी इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो, इन्टर मिलान र बेटिसविरुद्धको खेलमा उपस्थित हुने छैनन् । 

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेस्सीको अनुपस्थितिले टिमलाई नोक्सान गर्ने भए पनि बार्सिलोना टिममा राम्रा खेलाडी अरू पनि रहेकाले खेल जित्नेमा आफू आशावादी रहेको बताए । 
 





  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार १४:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया